कस्ताे छ तपाईंको आजकाे दिन ? हेर्नुहाेस् राशिफल

आज मिति २०८० साल फागुन ३० गते तदअनुसार मार्च १३, सन् २०२४ बुधवार, फागुन शुक्ल चतुर्थी । पञ्चाङ्ग: एन्द्र वणिज अश्विनी
मेष : रोकिएका वैदेशिक क्षेत्रको कार्य र घरायसी काममा उन्नति र प्रगतिको वातावरण बन्नेछ। सामाजिक प्रतिष्ठा कमाउने बेला छ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ।
वृष : सानातिना समस्यामा अल्झनुपर्नेछ र मनमा चञ्चलता बढ्नेछ। दैनिक व्यवहारमा खर्च बढ्न सक्छ। सेयर बजार तथा व्यापार व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला। सुन्दरतामा धन खर्च हुनेछ। वैदेशिक कार्य अघि बढ्नेछ।
मिथुन : शुभकार्यको चर्चा चल्ने र आस्था बढ्नेछ। बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्य सम्पादन हुनेछ। सेयर बजारको लगानीबाट राम्रै लाभ मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। पुनर्मिलनको योग रहेको छ।
कर्कट : रमाइलो यात्राको योग छ। दाम, इनाम र प्रतिष्ठाको लागि सहकार्यको योजना बन्ला। घरमा पाहुनाको आगमन हुने सम्भावना छ। विशिष्ट व्यक्तिको सहयोग पाइनेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ।
सिंह : सामाजिक र परोपकारका क्षेत्रमा लगानी गर्ने समय छ। कृषि क्षेत्रमा इच्छानुसार काम गर्ने मौका मिल्नेछ। रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ। श्रममूलक वा कृषि क्षेत्रका काममा मन जानेछ।
कन्या : अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ। चोटपटकको भय छ सचेत रहनुहोला। साँझमा नयाँ कार्य प्रारम्भ गर्न सकिनेछ। मित्रहरूले दिएको वचन फेरिन सक्छ यद्यपि मित्रवर्गकै सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुने योग पनि छ।
तुला : कला र गलाको प्रभाव बढ्नेछ। साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ। प्राविधिक काममा बढी सफलता मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ।
वृश्चिक : कला र गलाको प्रभाव बढ्नेछ। परिवारमा रमाइलो भेटघाट र जमघट हुनेछ। सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ। बन्धुबान्धवबाट सहयोग मिल्नेछ। सेयर बजारको लगानीबाट राम्रै लाभ मिल्नेछ।
धनु : न्यायिक कार्यमा सफलता मिल्नेछ। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ। सामाजिक तथा धार्मिक कृत्यमा मन जानेछ। धन हात पर्न सक्छ तर खानपान र स्वास्थ्यप्रति सजग रहन आवश्यक छ।
मकर : मनमा चञ्चलता, निराशा र शरीरमा आलस्य आउला। ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्न सक्छ जसले मानसिक चिन्ता बढ्नेछ। सेयर बजार तथा व्यापार व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला।
कुम्भ : नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। बोलीले अरूलाई प्रभावित पारेर काम बन्न सक्छ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। शुभकार्यको चर्चा चल्नेछ।
मीन : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ। ठीक समयमा सही निर्णय लिन सकिएला। अधिकार प्रयोग गर्न पाइनेछ। स्वास्थ्य स्थिति अनुकूल नै रहने भए पनि सजग चाहिँ रहनु पर्छ।
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
प्रहरी घेरा ताेडेर सिंहदरबार गेटमा पुगे एमालेका कार्यकर्ता
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
प्रतिक्रिया