एमाले रोल्पाको अध्यक्षमा बुढामगर बिजयी

दाङ । नेकपा एमालेको रोल्पा अध्यक्षमा अमृत बुढामगर बिजयी भएका छन ।
रोल्पाको सातौं जिल्ला अधिवेशनबाट बुढामगर निर्वाचित भएका हुन । रोल्पाको भावी एमाले नेतृत्व छनोटका लागि बुधबार भएको निर्वाचनबाट उनी निर्वाचित भएको सो पार्टीले जनाएको छ ।
गत मंगलबार सुरू भएको अधिवेशन पछि भावी नेतृत्वका लागि सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन प्रकिया सुरू गरिएको थियो, जसअनुसार अध्यक्षमा अमृत बुढामगर र घनश्याम आचार्य प्रतिस्पर्धामा उत्रिएका थिए ।
सो प्रतिस्पर्धाको मत परिणाम पछि बुढामगरले १९५ मत ल्याएका थिए भने आचार्य ११२ मतमा सिमित हुन पुगेका थिए । सोही अधिवेसनवाट उपाध्यक्षमा विजयकुमार घर्तीमगर भने सर्वसम्मत हुन सफल भएका छन । उता, सचिवमा नेपबहादुर थापा विजयी भएका छन्, थापाले १८२ मत ल्याउँदा उनका प्रतिस्पर्धी ठाकुरप्रसाद वलीले ११२ मतमा सिमित हुनु परेको थियो ।
उपसचिवमा बमबहादुर पुन, महिला उपसचिवमा रमिता डाँगी बिजयी भएका छन । सो अधिवेशनमा ३८१ प्रतिनिधि सहभागी थिए ।
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
प्रतिक्रिया