फेरि बढ्यो सुनको मूल्य, ताेलाकाे कति पुग्याे ?
मेरोन्यूज
२०८० चैत १ गते ११:२१

काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा ८०० रुपैयाँ बढेको हो ।
आज छापावाल सुन तोलामा १ लाख २५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
गत आइतबार नेपाली बजारमा छापावाल सुन १ लाख २६ हजारमा कारोबार भएको थियो। यो अहिलेसम्मकै उच्च मूल्य हो।
त्यस्तै, आज तेजाबी सुन तोलामा एक लाख २५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसदिन चाँदी मूल्य एकै दिन ५० रुपैयाँ बढेको छ । चाँदी तोलामा एक हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्बन्धित
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
प्रतिक्रिया