सोमबार, चैत ३०, २०८२

मेरै कार्यकालमा उपभोक्ता अदालत स्थापना गर्छु : मन्त्री गिरी

मेरोन्यूज २०८० चैत १ गते ११:३४

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले उपभोक्ता अदालत छिटो स्थापनाका लागि पहल गर्ने बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

बिहीबार काठमाडौंमा आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले उपभोक्ता अदालत अनिवार्य रहेको पनि बताए । उपभोक्ता अदालत स्थापना गर्नसके उपभोक्ताको हीत, अधिकारलाई संरक्षण गर्न सकिने बताए ।

मन्त्री गिरीले सर्वोच्च अदालतले सातै प्रदेशमा उपभोक्ता अदालत स्थापना गर्न आदेश दिइसकेको र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयअन्तर्गत नै बनेको कार्यदलले पनि उपभोक्ता अदालतको आवश्यकता औंल्याएकाले आफूले छिटोभन्दा छिटो स्थापनाका लागि पहल गर्ने बताए । गुणस्तरहीन वस्तु र सेवाको कारणले मानवलाई हुने क्षति, मानव स्वास्थ्यमा हुने क्षति वा अन्य प्रकारले हुने नोक्सानका सवालहरूमा नेपालमा संवेदनशील हुने गरेको नपाइएको उनले बताए ।

‘सर्वोच्च अदालतले सातै प्रदेशमा उपभोक्ता अदालत स्थापना गर्न आदेश दिइसकेको र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयअन्तर्गत नै बनेको कार्यदलले पनि उपभोक्ता अदालतको आवश्यकता औंल्याएकाले छिटोभन्दा छिटो स्थापनाका लागि पहल गर्दै छौँ,’ उनले भने ।

आफू मन्त्री रहँदा नै उपभोक्ता अदालत स्थापना गर्ने उनले प्रतिवद्धता जनाए ।

प्रतिक्रिया