जसको नाम आउँछ उसैलाई कारबाही गर्ने गृहमन्त्री लामिछानेकाे चेतावनी

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेता, तस्कर र स्वार्थ समूहले सरुवा–बढुवाका लागि सिफारिस गरे जसको नाम आउँछ उसैलाई कारबाही गर्ने चेतावनी दिएका छन्।
गृहमन्त्री लामिछानेले बिहीबार साँझ गृह मन्त्रालबाट ७७ जिल्लाकै जिल्ला सुरक्षा समितिका अधिकारीहरूलाई भर्चुअलरूपमा सम्बोधन गर्दै गृहमन्त्री लामिछानले भोलिदेखि नै नागरिकले गृह मन्त्रालयको नेतृत्व फेरिएको महसुस गर्ने गरी काम गर्न निर्देशन दिए ।
उनले भने, ‘तपाईंहरूको राजनीतिक नेतृत्वसँग सुसम्बन्ध नै रहोस्। तर, तपाईंको स्वार्थमा मलाई, मेरो सचिवालयलाई, परिवारलाई सरुवा–बढुवाको चिट आउने, गल्ती गर्दा बचाउन सिफासिर गर्ने विद्यमान प्रवृत्ति स्वीकार्य हुँदैन। अमूक नेता, तस्कर, स्वार्थ समूहले फलानो मान्छे चाहियो भन्यो भने जसको नाम आउँछ, उसलाई कारबाही गर्छु।’
“अबको ९० दिनमा गृह मन्त्रालयका हरेक सूचक माथि जानुपर्छ । गएन भने गम्भीर समीक्षा हुन्छ । र, काममा आलटाल गर्ने, निर्देशन पालना र लक्ष्य पूरा नगर्नेको मूल्यांकन हुन्छ,” उनले भने ।
उनले तस्करी नियन्त्रण गर्न, सुरक्षा कायम गर्न, प्राकृतिक स्रोतको दोहन नियन्त्रण गर्न र गुन्डागर्दी नियन्त्रण गर्न कसैको निर्देशन नकुर्न पनि भनेका छन् ।
उनले समस्या लिएर आउनेहरूको काम तत्काल गरिदिन पनि निर्देशन दिएका छन् । “काम नहुने छ भने कारण भनेर कन्भिन्स गरिदिनुस् । नागरिक समस्या लिएर सिंहदरबार आउनु नपरोस् । समाधान नभएका समस्या चाहिँ तपाईंहरूमार्फत सिंहदरबार आओस्,” उनले भने ।
कार्यक्रममा गृह मन्त्रालयका सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धानका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक ओमप्रकाश जोशीले पनि जिल्ला सुरक्षा समितिका अधिकारीलाई सुरक्षा, सुशासन, सेवा प्रवाह, नागरिक सेवालगायत विषयमा निर्देशन दिएका थिए ।
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
प्रतिक्रिया