सर्वाधिक उचाइमा म्यूजिक भिडियो बनाउने लुइँटेललाई राष्ट्रपतिले गरे सम्मान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वाधिक उचाइमा म्यूजिक भिडियो निर्माण गरी विश्वकीर्तिमान कायम गर्ने राजेन्द्र लुइँटेललाई सम्मान गरेका छन् ।
राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति पौडेलले लुइँटेल र उनको टिमलाई बधाईसहित माला र दोसल्ला ओढाएर सम्मान गरे ।
मनाङको तिलिचो ताल परिसरमा छायाङ्कन तथा निर्माण गरिएको उक्त भिडियोको गीत डा डिआर उपाध्यायले लेखेको हो भने सङ्गीत सिर्जना सन्तोष श्रेष्ठले गरेका हुन् । म्यूजिक भिडियोमा पुष्प खड्का तथा श्रद्धा क्षेत्रीको अभिनय रहेको छ । भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन्।
त्यस अवसरमा राष्ट्रपति पौडेलले विश्व कीर्तिमान कायम गरी नेपालको प्रचारप्रसार गरेको भन्दै लुइँटेलको प्रसंशा गरे । लुइँटेललगायतको टिमलाई यसअघि सन् २०२१ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट गिनिज अफ वल्ड रेकर्ड प्राप्त गरेको थियो ।
लुइँटेलले यसअघि युरोपियन वल्र्ड रेकर्ड, अमेरिका बुक अफ रेकर्ड, युरोपियन रेकर्डस बुक, द ब्रिटिश वल्र्ड रेकर्ड, महात्मा गान्धी इन्टरनेशनल अवार्ड, ग्लोबल इन्टरनेशनल अवार्ड, डा एपिजे अब्दुल कलाम सेवा सम्मान २०२२ लगायतका सम्मान प्राप्त गरिसकेका छन् ।
कार्यक्रम व्यवस्थापन सङ्घका उपाध्यक्षसमेत रहनुभएका लुइँटेलले भारत, दुबई, अजरवैजान, इजिप्ट, थाइल्याण्ड, कतारमा सम्मानित भइसकेका छन् । एक दशकभन्दा लामो समयदेखि सञ्चारकर्ममा सक्रिय लुइँटेल भिडियोमा अभिनय हुँदै निर्माणमा सक्रियछन् ।









पत्रकार दीपेन्द्र खनियाँ मृत फेला
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
सुरक्षा निकायलाई आवश्यक सवारी साधन खरिद गर्न गृहले थाल्यो अन्तिम प्रक्रिया
स्वास्थ्यका लागि चिया कफी कत्तिको लाभदायक ?
मकवानपुरमा थपिए १४ हजार ६०३ नयाँ मतदाता
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रसाईंलाई २४ घण्टाभित्र बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
प्रतिक्रिया