मंगलबार, चैत ३, २०८२

राष्ट्रव्यापी अन्तरशहर बुद्धिचाल प्रतियोगिता

मेरोन्यूज २०७७ चैत ११ गते ८:३०

काठमाडौं। वाग्मती प्रदेशको राजधानी हेटौँडामा आजदेखि सञ्चालन हुन लागेको राष्ट्रव्यापी अन्तरशहर बुद्धिचाल प्रतियोगिता २०७७ को तयारी पूरा भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

मकवानपुर बुद्धिचाल सङ्घ र हेटौँडा चेस क्लबको संयुक्त आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगिताको सबै तयारी पूरा भएको हो।

स्विस लिग प्रणालीअनुसार सात चरणसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका विभिन्न क्षेत्रका १८ शहरले सहभागिता जनाएको आयोजक संस्था मकवानपुर बुद्धिचाल सङ्घले जनाएको छ।

प्रत्येक टोलीमा चारजना नियमित खेलाडी तथा एक जना वैकल्पिक खेलाडी र एकजना व्यवस्थापक गरी ६ जनाको सहभागी रहने जनाइएको छ।

सहभागी टोलीले अनिवार्यरूपमा महिला खेलाडी वा १६ वर्षभन्दा मुनि उमेर समूहको खेलाडी समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रतियोगितामा महिलालाई समेत सहभागी गराइने तथा १६ वर्ष मुनिका खेलाडीलाई समावेश गराई प्रतियोगितामा फरकपन दिने आयोजकको भनाइ छ।प्रतियोगिता यही चैत १४ गते शनिबारसम्म चल्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताका विजेताले दुई लाख ५० हजार, उपविजेताले एक लाख ५० हजार, तेस्रो हुनेले ५० हजार तथा चौथो र पाँचौँ स्थान हासिल गर्नेले क्रमशः ३० हजार र २० हजार रूपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया