लेखक रञ्जु दाहालको यात्रा निबन्ध ‘डोहोडोहो डोल्पो’ सार्वजनिक

काठमाडौँ । लेखक रञ्जु दाहालको नयाँ कृति ‘डोहोडोहो डोल्पो’ सार्वजनिक भएको छ । शुक्रबार बत्तिसपुतलीस्थित शिल्पी थियटरमा लेखक दाहालको यात्रा निबन्ध ‘डोहोडोहो डोल्पो’ सार्वजनिक भएको हो ।
शिक्षणलाई मुल पेशा बनाएकी दाहालको ‘डोहोडोहो डोल्पो’ दोस्रो कृति हो । यसअघि उनको यात्रा निबन्ध ‘प्रियसँगको यात्रा’ २०७५ मा प्रकाशित भएको थियो । भौगोलिक हिसाबले नेपालको सबैभन्दा ठूलो जिल्लाका रुपमा परिचित डोल्पाको १० दिने यात्रापछि लेखिएको यात्रा निबन्ध हो, ‘डोहोडोहो डोल्पो’ । यसमा १० वटा यात्रा निबन्ध संग्रहित छन् । यात्रा गरेर लेख्न रुचाउने रञ्जुले डोल्पालाई खुल्ला विश्वविद्यालयका रुपमा चित्रित गरेकी छिन् । यस यात्रा निबन्धमा डोल्पाको सौन्दर्यसँगै भौगोलिक विकटता, अभाव, दुर्गम क्षेत्रका कठिनाई र जटिलता जस्ता विविध पक्षहरु पढ्न सकिन्छ ।
चर्चित गजलकार बाबु त्रिपाठिले सहजिकरण गरेको ‘डोहोडोहो डोल्पो’ सार्वजनिकिकरण समारोह अन्य कार्यक्रम भन्दा भिन्न रह्यो । मञ्चमा प्रमुख अतिथि, विशिष्ट अतिथि कोही निम्त्याईएका थिएनन् । बरु समालोचक तथा साहित्यका खरो टिप्पणिकार राजकुमार बानियाँ, समालोचक ज्ञानु अधिकारी र साहित्यकार भुवनहरि सिग्देललाई सञ्चालक त्रिपाठिले लेखन, यात्रा र साहित्यबारे केही प्रश्न र जिज्ञासा राखे । ‘डोहोडोहो डोल्पो’ कि लेखक दाहालले अन्तिममा बोल्ने मौका पाईन् । उनले गुरु निर्मोही ब्यास र भूमिका लेखिदिने साहित्यकार युवराज नयाँघरे, इल्या भट्टराईलाई विशेष धन्यबाद दिईन् । कार्यक्रम उपस्थित सम्पूर्ण दर्शकहरुलाई उनले अतिथि र प्रमुख अतिथिको संज्ञा दिईन् । पुस्तक बिमोचनकै क्रममा कवि सुदेश सत्यालले ‘डोहोडोहो डोल्पो’ भित्रका कविता वाचन गरेर सुनाएका थिए ।
‘डोहोडोहो डोल्पो’ लाई समालोचकद्वय राजकुमार बानियाँ, ज्ञानु अधिकारी, गजलकार बाबु त्रिपाठि, साहित्यकार भुवनहरि सिग्देल, भुँडिपुराण प्रकाशनका केशवप्रसाद पराजुली, लेखक रञ्जु दाहाल र पति विजयकुमार उपाध्यायले संयुक्त रुपमा विमोचन गरेका थिए ।
भुँडिपुराण प्रकाशनले प्रकाशन गरेको १ सय ५९ पेजको ‘डोहोडोहो डोल्पो’ को मूल्य २ सय ९० रूपैंयाँ राखिएको छ ।
















इरान–अमेरिका अप्रत्यक्ष वार्ता बीच नयाँ प्रतिबन्ध घोषणा
आईसीसी टी–२० विश्वकप सुरु, नेदरल्याण्ड्सविरुद्ध पाकिस्तान फिल्डमा
विश्वकप क्रिकेटमा सुखद यात्राको अपेक्षा
प्रधान सेनापति खुला म्याराथन सम्पन्न
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
चुनाव दुई होइन, एकै चरणमा गरियोस्: प्रचण्ड
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
प्रतिक्रिया