फिफा विश्वकप–२०२६ छनोट
बहराइनसँग नेपाल ३-० ले पराजित

काठमाडौँ । नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत बहराइनसँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा बहराइनले नेपाललाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
बहराइनको जितमा साएद बकेर, अब्दुल्ला युसुफ हेलाल र कामील अल अस्वादले एक एक गोल गरेका थिए । नेपालले तिनै गोल पहिलो हाफमा खाएको थियो । दोस्रो हाफ भने गोलरहित सकिएको थियो ।
यो जितसहित बहराइनले दुवै खेलमा नेपालमाथि जित हासिल गर्दै समुह एचमा ४ खेलमा ९ अंक हासिल गरेको छ र समुहमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै नेपाल भने चार खेलमा सबै खेलमा हार बेहोरेर अंकविहिन हुदै पुछारमा रहेको छ । यस समुहमा युएई ४ खेलमा सबै खेल जितेर १२ अंकसहित शिर्ष स्थानमा छ भने यमनले ४ खेलमा एक खेल जितेर ३ अंकसहित तेस्रो स्थानमा रहेको छ ।
अब नेपालले विश्वकप् छनौट अन्तर्गत आगामी जुनमा यमन र युएईसँग खेल्ने तालिका रहेको छ ।
















प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
युद्धका बीच ४५ दिने विराम प्रस्ताव
सामाजिक सुरक्षासम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्न मन्त्रालयको अनुरोध
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
प्रतिक्रिया