प्रताप दास र जानुका लामिछानेको नयाँ गीत मस्कीमस्की बजारमा

काठमाडाैं । नेपाली लोक गीत संगीतमा एक चर्चित नाम गायक प्रताप दास र नवगायिका जानुका लामिछानेको नयाँ गीत मस्कीमस्की डिएआर मुभिज एण्ड फिल्म्स इन्टरटेन्मेन्ट प्रालिको औपचारिक युट्युब च्यानलबाट बजारमा आएको छ ।
गीतमा शब्द र संगीत कलाकार प्राभावन जे को रहेको छ भने भिडियोमा सुधीर श्रेष्ठ र नायिका वर्षा राउतको अभिनय रहेको छ ।
ज्ञानेन्द्र शर्मा हुमागाईंको छायांकन रहेको भिडियोको सम्पादन डिन्सन शाह, मेकअप माहि सिंह, चरित्र निर्देशन राजाराम गौतम, व्यवस्थापन विवेक चौलागाईं, उत्पादन नियन्त्रण श्याम धिताल, नृत्य निर्देशन माधव श्रेष्ठले गरेका छन् भने भिडियो निर्देशन स्वयम् प्रभावन जेले गरेका हुन् ।
डि ए आर मुभिज र प्रभावन जे को टिम नयाँ कलाकारलाई प्राेत्साहन र पुरानालाई सम्मान भन्ने मूल नारासहित नयाँ पुराना कलाकारलाई समेटी अगाडि बढ्ने कोसिस रहेको जानकारी कम्पनीका प्रतिनिधि तथा कलाकार घमेश दुलालले बताए ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
प्रतिक्रिया