शुक्रबार, चैत २७, २०८२

एमाले पार्टी कार्यालय अध्ययन भ्रमणमा पुगे रास्वपाका नेता

मेरोन्यूज २०८० चैत १५ गते १९:०६

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले नेकपा एमालेको केन्द्रीय कार्यालयको अध्ययन भ्रमण गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

विहिबार रास्वपाका महामन्त्री   डा. मुकुल ढकाल, केन्द्रीय प्रशिक्षण विभाग सचिव कमल सुवेदी तथा कर्मचारीहरु शुभराज शिल्पकार, सेनु लामा लगायत एमाले केन्द्रीय कार्यालय पुगेर छलफल गरेका हुन् ।

सो अध्ययन भ्रमणपछि रास्वपाले भनेको छ- ‘राजनीतिक दल आफू व्यवस्थित हुन सके मात्र देशलाई व्यवस्थित बनाउन सक्दछ । पार्टीको आन्तरिक प्रशासन र व्यवस्थापनले समग्र राजनीतिक परिणाममा समेत प्रभाव पार्ने हुन्छ । तसर्थ राजनीतिक दलको आन्तरिक प्रशासन एवं व्यवस्थापनका बारेमा अध्ययनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी तथा कर्मचारीले आज नेकपा एमालेको केन्द्रीय कार्यालयमा आपसी अध्ययन भ्रमण गरेको हो ।’

उक्त भ्रमणमा नेकपा एमालेका नेताहरु महासचिव शंकर पोखरल, उपमहासचिव प्रदीप ज्ञवाली, उपमहासचिव विष्णु प्रसाद रिमाल, केन्द्रीय संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराई तथा कार्यालय सचिव डा. भिष्म अधिकारी लगायतले पार्टी र पार्टी कार्यालयका आन्तरिक व्यवस्थापनका विविध पक्षहरुबारे जानकारी दिनुका साथै पार्टी कार्यालयको अवलोकन समेत गराएका थिए ।

प्रतिक्रिया