शुक्रबार, चैत २७, २०८२

बागमतीमा सत्ता जोगाउन ४ दलबीच ५ बुँदे सहमति

मेरोन्यूज २०८० चैत १५ गते २०:०७

काठमाडौं । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीबीच बागमती प्रदेश सरकार बचाउन पाँच बुँदे सहमति भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

चार दलबीच बागमती प्रदेश सभाको बाँकी पुरै कार्यकालका लागि सहकार्य गर्ने, राजनीतिक स्थायित्व, विकास र समृद्धिको नागरिक चाहनालाई आत्मसात् गरी प्रदेश सरकार निर्माण र सञ्चालन गर्ने निर्णय भएको हो ।

सहमतिमा भनिएको छ, ‘केन्द्रीयस्तरमा बनेको सत्ता समीकरणको निर्णय अनुसार प्रदेश सरकारको नेतृत्व कार्यान्वयन गरी सहभागी दलका बीचमा प्रदेश सरकारको नेतृत्वमा सहकार्य गरी अघि बढ्ने निर्णय गरियो ।’

यस्तै सरकार सञ्चालनका सन्दर्भमा समीकरणमा आबद्ध दलहरूको प्रतिनिधि रहने प्रदेश स्तरीय संयन्त्र निर्माण गरी साझा न्यूनतम नीति कार्यक्रम बनाई त्यसको मार्ग दर्शनमा सरकार अघि बढ्ने सहमति भएको छ ।

बागमतीमा सत्ता जोगाउन नयाँ गठबन्धनले हाम्रो नेपाली पार्टीका सांसद शैलेन्द्रमान बज्राचार्यलाई मन्त्री बनाएको छ । बज्राचार्यले बिहीबार साँझ नै पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रतिक्रिया