बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ गते विश्वासको मत लिने

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने भएका छन् ।
शुक्रबारविश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएको हो ।
गत फागुन २३ मा नेपाली कांग्रेसले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिदै सरकारबाट बाहिरिएको थियो । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ ।
११० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५६ मत आवश्यक रहेको छ । बिहीबार नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबीच सहमति भएपछि मुख्यमन्त्रीले आवश्यक बहुमत पाउने देखिएको छ ।
तर हाम्रो नेपाली पार्टी (हानेपा) सरकारमा सामेल भएको विषय विवादित बनेपछि सरकारले विश्वासको मत पाउनेमा थप अन्योलता भने बढेको छ । हनेपाका अध्यक्ष अनन्तराज घिमिरेले पार्टी निर्णयविरुद्ध गएका भन्दै संकृति, पर्यटन तथा सहकारी मन्त्रीमा नियुक्त भएका शैलेन्द्रमान बज्राचार्यलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।
बागमतीमा एमालेको २७, माओवादी केन्द्रको २१, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सिट छ ।
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया