शनिबार, चैत २८, २०८२

टोपबहादुर रायमाझी अस्पतालबाट ‘डिस्चार्ज’

मेरोन्यूज २०८० चैत १७ गते १०:२८

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वसचिव टोपबहादुर रायमाझीको स्वास्थ्यमा सुधार आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले नेता रायमाझीको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको सेन्टरका वरिष्ठ मुटु रोग विशेषज्ञ डा चन्द्रमणि पौडेलले जानकारी दिए । “उहाँको स्वास्थ्यस्थितिको ४८ घण्टा अब्जर्भ गर्दा सामान्य देखियो”, उनले भने, “मुटुको चाल पनि विस्तारै सामान्य भयो, त्यसैले हिजो राति डिस्चार्ज गरिएको हो ।”

मुटुको चाल कम भएपछि नेता रायमाझीलाई गत बुधबार अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया