आयरल्यान्ड ए सँग नेपाल ए को लगातार दोस्रो हार

काठमाडौँ । आयरल्याण्ड वोल्भ्सले नेपाल ए विरुद्धको टी-२० सिरिज एक खेल अघि नै जितेको छ । शनिबार सम्पन्न सिरिजको दोस्रो खेलमा ४० रनले नेपाल ए माथि जित हासिल गर्दै आयरल्याण्ड वोल्भ्सले ३ खेलको सिरिज २-० ले जितेको हो ।
आयरल्याण्ड वोल्भ्सले दिएको २२५ रनको विशाल लक्ष्य पछाएको नेपाल ए ले १७.५ ओभरमा अल आउट हदै १८४ रन बनाएको थियो ।
नेपालका लागि सर्बाधिक रन देव खनालले बनाए । देव २५ बलमा ४७ रन बनाएर आउट भए । त्यस्तै बसिर अहमदले २७ रन बनाए भने कप्तान विनोद भण्डारीले २६, लोकेश बमले २५, आरिफ सेखले १४, पवन सराफले १० रन बनाए ।
त्यसैगरी आयरल्याण्ड वोल्भ्सका बलर बेन ह्वाइटले ३ विकेट लिए भने फिओन हान्ड र थोमस मायेसले २-२ तथा माथ्यु फोस्टर र ग्यारेथ डेलानीले एक एक विकेट लिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको आयरल्याण्ड वोल्भ्सले २० ओभरमा ६ विकेट गुमाउदै २२४ रन बनाएको हो ।
आयरल्याण्ड वोल्भ्सका लागि कप्तान निल रकले सर्बाधिक ७१ रन बनाएका थिए भने पिटर मूरले सर्बाधिक ६५ रन बनाएका थिए । त्यसैगरी जेम्स म्याकोलमले २६, फिओन हान्डले १९, रोज अदैरले १७ रन बनाएका थिए ।
त्यसैगरी नेपाली बलर सागर ढकालले ३ विकेट लिए भने कमल सिंह ऐरी र पवन सराफले एक एक विकेट लिएका थिए ।
यस अघि शुक्रबार सम्पन्न खेलमा आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई २१ रनले पराजित गरको थियो । योसँगै आयरल्याण्ड वोल्भ्सले तीन खेलको सिरिजमा २-० को अग्रता हासिल गरको छ र सिरिज जितेको पनि छ । अब सिरिजको अन्तिम खेल सोमबार हुने छ ।
















प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
लेबनान द्वन्द्वको असर, संयुक्त राष्ट्र क्षेत्रमा कर्मचारी जोखिममा
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया