प्रधानमन्त्री र प्रहरी प्रमुखले गृहमन्त्रीलाई ‘क्लिन चिट’ दिए : काँग्रेस

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति बनाएर गृहमन्त्री रवि लामिछानेको छानबिन गर्न माग गरेको छ । सहकारी ठगीमा संलग्न रहेको भन्दै काँग्रेसले लामिछानेको संसदीय समिति बनाएर छानबिन गर्न माग गरेको हो ।
आइतबारको प्रतिनिधिसभा बैठकको सुरुआतमै समय लिएर बोल्दै कांग्रेस सांसद सन्जय गौतमले लामिछानेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रहरी प्रमुख बसन्त कुँवरले ‘क्लिन चिट’ दिएको भन्दै आपत्ति जनाए ।
उनले संसदीय छानबिन समिति नबने लामिछानेको विषयमा कसरी निष्पक्ष छानबिन हुन्छ भन्दै प्रश्न गरे । उनले भने, ुहामीले संसदीय समितिको माग गरेको छौँ । गोरखा मिडिया नेटर्वकका नाममा ८० करोडभन्दा बढी सहकारीको रकम जम्मा भएको छ । आज त्यो मिडिया सञ्चालनमा छैन । ९० हजार जनताले कसरी न्याय पाउने भयो रुु
गौतमले यो विषय गृहमन्त्रीको नैतिकतासँग जोडिने भन्दै स्वार्थ बाझिने काम भइरहेको पनि उल्लेख गरे । पूर्वअर्थमन्त्रीद्वय रामशरण महत र जर्नादन शर्मा तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको उदाहरण दिँदै लामिछानेलाई नैतिकता देखाउन उनले आग्रह गरे ।
















चार जिल्लामा भारी वर्षा
नयाँ वर्ष २०८३ को अवसरमा केयी नेपालको देशभर एक्स्चेन्ज क्याम्प
संसदको दुवै सदनको चालु अधिवेशन शुक्रबार रातिदेखि अन्त्य हुने
एआईद्वारा सञ्चालित उत्पादनः चीनको सेरेस फ्याक्ट्रीबाट नेपालका लागि सिकाइ
राष्ट्र सेवामा समर्पित हुनुस्ः प्रधानमन्त्री शाह
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया