गुल्मीमा तीन वटा शव भेटिए

गुल्मी। गुल्मीममा डुबेको अवस्थामा तीन वटा शव भेटिएका छन्। एक खोल्सामा र दुई शव बडिगाड खोलामा डुबेको अवस्थामा भेटिएका हुन्।
जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर–६ का ४८ वर्षीय घनश्याम भण्डारी, मुसिकोट नगरपालिका–४ आरुपाटाका २१ वर्षीय सन्दीप कुमाल र गुल्मीदरबार गाउँपालिका–२ घोरा उपल्लोखर्कका १२ वर्षीय प्रिन्स सारुको शव बडिगाड खोलामा फेला परेकाे हो।
भण्डारीको शव आइतबार बिहान सोही गाउँपालिकाको वडा नम्बर–५ को हंसरास्थित रुम्दाखोल्सामा घोप्टो अवस्थामा फेला परेको हो।
मृतक भण्डारीका विगत लामो समयदेखि आफ्ना दाजुसँगै बस्दैआएका थिए। घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक अनिल थापाको कमाण्डमा प्रहरी खटिएको छ।
मृतकका श्रीमती, दुई छोरी, १ छोरासहित माइतीघर चितवनमा बस्ने गरेको प्रहरीले जनाएको छ। सन्दीपको शव शनिबार साँझ ५ बजे ग्वादीका चौर नजिकै बडिगाड खोलामा फेला परेको छ। उपल्लाखर्कका प्रिन्सको शव आइतबार दिउँसो ११ बजे सोता बडिगाड खोलामा फेला परेको हो।
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
अराजकता मच्चाउनेलाई कारबाहीको दायरामा ल्याएरै छोडिन्छ : ओली
प्रतिक्रिया