वैदेशिक रोजगार विभागका लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा
मेरोन्यूज
२०८० चैत १९ गते १६:१४

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागमा कार्यरत लेखापाल प्रमोद निरौलाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनले सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस लिएको पुष्टि भएको दाबी गर्दै अख्तियारले सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । लेखापाल निरौलाले धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि निगरानी बढाएको थियो ।
यसैक्रममा केही दिनअघि टंगालस्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको सिलसिलामा निरौलाले धरौटी रकम फिर्ता गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।
सम्बन्धित
















वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
आजदेखि नयाँ शैक्षिकसत्र सुरु
यस्तो छ आज तरकारीको थोक मूल्य
अन्तराष्ट्रिय बजारमा लगातार सातौँ दिन तेलको मूल्य वृद्धि
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
प्रतिक्रिया