सुरु भयो ट्रान्स हिमालय एड्भेन्चर, बाइकरहरु मुस्ताङ प्रस्थान

काठमाडौँ । बाइकरहरुको ‘ट्रान्स हिमालय एड्भेन्चर’ र्याली सोमबार काठमाडौँबाट मुस्ताङतर्फ प्रस्थान गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरबाट बाइकरको टोलीलाई बिदाइ गरे ।
बाइकरको टोली सोमबार पोखराको सराङकोट पुग्नेछ । त्यसपछि मंगलबार कालोपानी, लेते हुँदै उक्त टोली मुक्तिनाथ पुग्ने कार्यक्रम रहेको छ । यसैगरी बाइकरहरुको उक्त र्याली मुस्ताङबाट जोमसोम, कुश्मा हुँदै पोखरा पुगेर समापन हुने बताइएको छ ।
पोखरामा आयोजना हुने ‘मोटो इन्डुरो च्याम्पियनसिप’ मा पुगेर बाइकरहरुको र्याली टुंगिने छ । बाइकरको टोलीलाई पोखरामा प्रदेशसभा सदस्य प्रकाश बराल, नासा गण्डकीका अध्यक्ष शिव श्रेष्ठ, राखेप पूर्वसदस्य सम्पन्न श्रेष्ठ, पोखरा महानगर खेलकुदका अध्यक्ष दीपक गोदारलगायतले स्वागत गर्ने कार्यक्रम रहेको छ ।
माउन्टेन स्पोर्ट्स फेस्टिभलअन्तर्गत दिगो पर्यटनको लागि टु ह्विल टुरिङलाई प्रवर्धन गर्ने उद्देश्यका साथ साहसिक खेलकुदको रूपमा समेत यसलाई लिइएको छ । सेफ्टी राइडिङको सन्देशसमेत फैलाउन सहयोग पुग्ने गरी उक्त राइडअन्तर्गत अन्य विभिन्न कार्यक्रम पनि आयोजना गरिने आयोजक नासा नेपालले जनाएको छ ।
जोमसोममा मोटोखाना रेसिङ, सेल्फी च्यालेञ्ज, सेफ राइडिङ र ट्यालेन्ट हन्टजस्ता विभिन्न विभिन्न कार्यक्रम पनि आयोजना गरिने नासा नेपालले जनाएको छ । राष्ट्रिय खेलकुद परिषद् र अन्तर्राष्ट्रिय मोटरसाइकल फेडरेसनको सहयोग तथा गण्डकी अटोमोबाइल्स एसोसिएसनको प्राविधिक सहयोगमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।














सुनचाँदीको मूल्य हालसम्मकै उच्च
थारू समुदाय माघीका लागि ढिक्री बनाउन व्यस्त
सासूको उत्प्रेरणाले ‘मिनिल्याप’ गराउँदै बुहारीहरू
काठमाडौँ विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
प्रतिक्रिया