महिला उद्यमशिलतालाई सशक्त बनाउनुपर्नेमा मन्त्री भण्डारीको जोड

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले महिला उद्यमशिलतालाई सशक्त बनाउनुपर्ने जोड दिएका छन् ।
‘स्वदेशी खाऔँ, स्वदेशी लगाऔँ, स्वदेशी उत्पादनलाई प्रोत्साहन गरौँ’ भन्ने नाराका साथ महिला उद्यमी महासङ्घले आज ललितपुरमा आयोजना गरेको सातौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले महिलाको मात्र स्वामित्व रहने गरी कुनै औद्योगिक ग्राम तथा क्षेत्रमा उद्योग स्थापना गर्न चाहेमा सरकारले स्थान उपलब्ध गराउने बताए ।
सरकारले चाँडै महिला उद्यमशिलताको प्रवद्र्धन तथा सहजिकरण गर्ने कानुन ल्याउन लागेको उनको भनाइ थियो ।
आर्थिक क्रियाकलाप तथा बाहिरी गतिविधिमा महिलाको संलग्नता नरहेको उल्लेख गर्दै मन्त्री भण्डारीले आर्थिक गतिविधिमा महिलाको संलग्नताबिना देशमा विकासको सम्भावना नरहेको बताए। उनले व्यापार र लगानीका गतिविधिमा महिलालाई अगाडि बढाउन सरकारले दृढ संकल्पका साथ लघु, घरेलु तथा साना उद्योग सञ्चालनमा प्राथमिकता दिएको बताए।
मन्त्री भण्डारीले ‘मेड इन नेपाल’ कार्यक्रममा महिला उद्यमीलाई सहभागी गराएर महिला उद्यमीले उत्पादन गरेका वस्तु तथा सेवाको अन्तर्राष्ट्रियकरण गराउन सरकारका तर्फबाट प्रतिबद्धता व्यक्त गरे ।
उद्यमशिलतामा महिला सहभागितालाई बढावा दिन मन्त्रालयका तर्फबाट सक्दो सहयोग रहने उनले उल्लेख गरे । मन्त्रालय महिला उद्यमीसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले नेपाली महिलाले सञ्चालन गर्ने उद्योगलाई मन्त्रालयले विशेष प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए ।
यही चैत १६ गतेदेखि सुरु भएको उक्त मेलामा देशका विभिन्न ठाउँका महिला उद्यमीले उत्पादन गरेका विभिन्न वस्तु प्रदर्शनीमा राखिएको महासङ्घका अध्यक्ष शोभा ज्ञवालीले जानकारी दिए।
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
प्रतिक्रिया