गण्डकीमा नयाँ सरकार गठन आह्वान, ७ दिनको समय
मेरोन्यूज
२०८० चैत २१ गते १४:५८

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लिराज भट्टले चैत २७ गते अपराहन्न ३ बजेभित्र नयाँ मुख्यमन्त्रीमा दावी पेस गर्न आह्वान गरेका छन् । बुधबार प्रदेश प्रमुख भट्टले संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई नयाँ सरकार गठन गर्न सात दिनको समय दिएका हुन् ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार बिहान राजीनामा दिएका थिए ।
प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ उपधारा (२) अनुसार नै सरकार गठनको लागी दलहरुलाई अवसर दिएका हुन् । उनले दिएको समयभित्र कुनैपनि दलले बहुमत पेस गर्न नसके उपधारा (३) अनुसार ठूलो दलको नेताको हैसियतमा कांग्रेस संसदीय दलका पाण्डे नै मुख्यमन्त्रीमा नियुक्त हुनेछन् ।
सम्बन्धित















संविधान संशोधन बहसपत्र तयारी कार्यदलको बैठक आज
अब हर्मुज जलमार्गमा इरानले वैधानिक रुपमा शुल्क उठाउन पाउने
आज कुन तरकारि एवम् फलफुलकाे मूल्य कती ?
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रतिक्रिया