बुधबार, चैत २५, २०८२

कर्णालीका मुख्यमन्त्री शर्माले राजीनामा दिने

मेरोन्यूज २०८० चैत २१ गते १५:४८

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिने भएका छन्।

Advertisement
nepal life insurencenepal life insurence

नेकपा (माओवादी केन्द्र) का संसदीय दल नेतासमेत रहेका मुख्यमन्त्री शर्माले बुधबारको प्रदेश सभा बैठकमा सम्बोधन गरेर राजीनामाको घोषणा गर्ने तयारी गरेका हुन्।

सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच कर्णाली मुख्यमन्त्री नेकपा (एमाले) ले लिने सहमति भएको थियो।

प्रदेश सभाको बैठक अहिले ३ बजे बोलाइएको छ । साेही बैठकमा उनले राजीनामा दिने तयारी गरेका छन् ।

प्रतिक्रिया