कांग्रेसले दोस्रो दिन पनि छान्न सकेन इलाम र बझाङको उम्मेदवार
मेरोन्यूज
२०८० चैत २१ गते १९:५०

काठमाडौं । नेपाली कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन आज पनि सकेन ।
बैशाख १५ मा हुने इलाम–२ र बझाङ प्रदेशसभा १ को उपनिर्वाचनको उम्मेदवारको टुंगो लगाउन बुधबार बसेको बैठक पनि कुनै निर्णय नगरी सकिएको छ ।
बुधबारको संसदीय बोर्डको बैठकमा सभापति शेरबहादुर देउवाले इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार बनाउन प्रस्ताव राखे पनि महामन्त्री गगन थापासहितका नेताहरुले विरोध गरेपछि निर्णय हुन नसको हो ।
महामन्त्री थापासहित नेता डा. शेखर कोइरालाले भेषराज आचार्यलाई उम्मेदवार बनाउनुपर्ने बताउदै आएका छन् । अब संसदीय बोर्डको अर्को बैठक बिहीबार बिहान ९ बजे बस्ने भएको छ ।
२०७९ को मंसिर ४ मा भएको आम निर्वाचनमा सभापति देउवाले प्रस्तावित गरेका डम्बर खड्का एमालेका सुवासचन्द्र नेम्वाङसँग ११४ मत अन्तरले पराजित भएका थिए ।
सम्बन्धित















संविधान संशोधन बहसपत्र तयारी कार्यदलको बैठक आज
अब हर्मुज जलमार्गमा इरानले वैधानिक रुपमा शुल्क उठाउन पाउने
आज कुन तरकारि एवम् फलफुलकाे मूल्य कती ?
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रतिक्रिया