‘सत्याल द अनलाइन लर्निङ प्लेटफर्म’ सार्वजनिक

काठमाडौँ । सत्याल द अनलाइन लर्निङ प्लेटफर्मले आफ्नो नयाँ सेवा ‘सत्याल लर्निङ’ सार्वजनिक गरेको छ ।
तत्कालीन प्रकाशक अजयकुमार सत्यालले ३५ वर्षअघि स्थापना गरेको सत्याल पब्लिकेसनले सञ्चालनमा ल्याएको सत्याल लर्निङले नयाँ युगको डिजिटल शिक्षातर्फ आफूले विकास गरेको अनलाइन लर्निङ प्लेटफर्म सार्वजनिक गरेको हो ।
विसं २०७९ मा परीक्षणका लागि सार्वजनिक गरिएको वेबसाइट अपडेट गरी पुनःसार्वजनिक गरिएको प्रकाशनले जनाएको छ । विसं २०४१ मा सत्याल बुक्स सेन्टरका रूपमा स्थापित सत्याल प्रकाशनले शिक्षा क्षेत्रमा पहिलो निजी संस्थाका रूपमा शिक्षक तालिम परियोजनासमेत चलाएको छ ।
प्लेटफर्मका अध्यक्ष तथा कार्यकारी अधिकृत आर्यन सत्यालले ‘सत्याल लर्निङ’ प्रविधिका माध्यमबाट शिक्षालाई अगाडि बढाउने आफूहरूको प्रतिबद्घताको प्रमाण भएको बताए । तत्कालीन प्रकाशक अजयकुमारका सुपुत्र आर्यनका अनुसार उनका पिताले विराटगरबाट शिक्षा क्षेत्रमा आफ्नो यात्रा सुरु गरेका थियो ।
उनले विद्यार्थीलाई उनीहरूको स्थान वा पृष्ठभूमि जस्तोसुकै भए पनि डिजिटल माध्यमबाट उच्च गुणस्तरको शैक्षिक स्रोत र समर्थनमा पहुँच प्रदान गर्ने प्रकाशनको लक्ष्य भएको जानकारी दिए ।

















आज बिहीबार कुन राशिका लागि शुभ ? हेराैँ राशिफल
गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
‘UAE always ready for humanitarian aid’
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
विमानस्थलबाट विदेशी मुद्रासहित स्वीडिस नागरिक पक्राउ
पोखरादेखि ३४ यात्रु लिएर बेलुका ७ बजे छुटेको थियो धादिङमा दुर्घटनामा परेको बस
३२ सयले बढ्यो सुनको भाउ, आज तोलाको कति ?
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
प्रतिक्रिया