इलाम २ मा माओवादीले एमालेलाई सघाउने
मेरोन्यूज
२०८० चैत २२ गते १२:२४

काठमाडौं। नेकपा माओवादी केन्द्रले इलाम–२ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने भएको छ ।
माओवादी केन्द्रबाट उम्मेदवारका लागि सिफारिसमा परेका धिरेन्द्र शर्मालाई पछि हटाएर एमालेलाई सहयोग गर्ने निर्णय गरेको हो ।
यसअघि माओवादी पदाधिकारी बैठकले आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको थियो । इलाम–२ मा धीरेन्द्र शर्मालाई उमेदवार बनाउन तल्ला कमिटीबाट सिफारिस समेत गरिएको थियो ।
स्रोतका अनुसार बझाङ क्षेत्र नम्बर १ ‘क’ मा भने माओवादीका उम्मेदवारलाई सघाउन एमालेसँग छलफल भइरहेको छ। त्यहाँ माओवादीले जनबहादुर बुढालाई उमेदवार बनाउने तयारी गरेको छ ।
सम्बन्धित
















फोहरलाई वर्गीकरण गरेर राख्न टीकापुर नगरपालिकाको आग्रह
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
बुटवल–नारायणगढ सडक अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
इरान युद्ध र ट्रम्पको अल्टिमेटमबारे रुस र चीनका विदेशमन्त्रीको वार्ता
फेवाताल जग्गा प्रकरणमा आफू ठगिएको गृहमन्त्री गुरुङको दावी
प्रतिक्रिया