नेपालले टस जितेर पहिला फिल्डिङ गर्दै, टोलीमा एक परिवर्तन

काठमाडौं । नेपाल ‘ए’ले दोस्रो एकदिवसीय क्रिकेट आज आयरल्यान्ड ‘ए’सँग टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ ।
शुक्रबार बिहान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल ए टोलीका कप्तान विनोद भण्डारीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन्।
सिरिजको पहिलो खेलमा २१ रनले पराजित नेपाली टोली आजको खेल जितेर सिरिज बराबरी गर्न चाहन्छ। उता आयरल्यान्डको टोली भने एक खेलअगावै सिरिज आफ्ना पक्षमा पार्ने योजनामा छ।
नेपाली टोलीले अघिल्लो खेलबाट आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ। ओपनर अर्जुन कुमालको स्थानमा नरेन भट्ट सुरुवाती ११ मा समेटिएका हुन्।
नेपालको सुरुवाती ११ः
विनोद भण्डारी, देव खनाल, नरेन भटट्, भीम सार्की, आरिफ शेख, अर्जुन साउद, ् साहब आलम, बसिर अहमद, रिजन ढकाल, कमल ऐरि, मौसम ढकाल, बेन्चमा: अर्जुन कुमाल, रन्जित कुमार, रुपेश सिंह र विकास अग्री।
















इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
बाँकेमा हाइसको ठक्करबाट बालकको मृत्यु
स्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी
महाकालीमा बेपत्ता चन्द भारतमा मृत फेला
गेटा अस्पताल र पाठ्यपुस्तक छपाइबारे शिक्षामन्त्रीको चासो
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
प्रतिक्रिया