कोरोनाका कारण मानसिक समस्या बढ्दो

काठमाडौं । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण मानसिक समस्या बढ्दै गएको मनोविद्हरुले बताएका छन् ।
मनोविद् डा.नरेन्द्रसिंह ठगुन्नाले कोभिड–१९ ले रोजगारी अभाव, आर्थिक समस्या, घरेलु हिंसा तथा आघातजन्य घटनाका कारण मानिसमा चिन्ता, तनाव र डिप्रेशनलगायत मनोवैज्ञानिक असर बढ्न थालेको बताए ।
मनोविद् करुणा कुवरका अनुसार कोरोना संक्रमणका कारण मानिसमा निन्द्रा नलाग्ने, खान मननलाग्ने एकदमै डर लाग्ने लगायतका मानसिक समस्या देखिएको बताईन् ।
मनोविश्लेषक वासु आचार्यले कोरोना त्रासले जीवन असामान्य भएमा मनोविद्सँग परामर्श लिन सकिने र आवश्यक परे केही समयका लागि औषधि खानुपर्ने जानकारी दिए ।
बेलायतको माइन्ड नामक मानसिक स्वास्थ्य संस्थाले यस्तो बेला मानिसलाई प्रकृतिमा रमाउने, धेरै समय घाममा बस्न, व्यायाम गर्न, राम्रो आहारविहार गर्न र पर्याप्त पानी पिइरहन सुझाव दिएको छ ।
















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया