पर्यटन बोर्डको सीईओका लागि दरखास्त आह्वान
मेरोन्यूज
२०८० चैत २४ गते ९:४२

काठमाडौं । नेपाल पर्यटन बोर्डमा लामो समयदेखि रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदपूर्तिका लागि आवेदन खुलेको छ ।
नेपाल पर्यटन बोर्डको सीईओ छनोट उपसमितिले शनिबार सूचना प्रकाशित गर्दै इच्छुक व्यक्तिबाट आवेदन मागेको हो ।
सीईओ छनोट उपसमितिका अनुसार आवेदनका लागि ७ हजार रुपैयाँ बुझाउनुपर्नेछ । सीईओ पदका लागि दरखास्त दिनका लागि इच्छुक व्यक्ति नेपाली नागरिक हुनुपर्नेछ ।
त्यस्तै, उसले स्नातकोत्तर पूरा गरेको तथा पर्यटन क्षेत्रमा १० वर्षको अनुभव हासिल गरेको हुनुपर्नेछ । दरखास्त पेस गर्दा इच्छुकको उमेर कम्तीमा ३५ वर्ष तथा ६० वर्ष नकाटेको हुनुपर्नेछ ।

सम्बन्धित
















नाटोप्रति ट्रम्पको तीव्र असन्तुष्टि
एमाले अध्यक्ष ओलीको शल्यक्रिया सम्पन्न
अधिकाशं सेवालाई निःशुल्क गरिएपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आर्थिक समस्यामा
इरानमा १६०० बढी मृत्युदण्ड
उपसभामुख ठाकुरले लिइन् शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया