चीनले दिने आठ लाख कोरोनाविरुद्धको खोप सोमबार नेपाल आइपुग्ने
मेरोन्यूज
२०७७ चैत १२ गते १३:३२

काठमाडौं । चीन सरकारले अनुदानमा उपलव्ध गराउने भनेको ८ लाख डोज कोरोनाबिरुद्धको खोप सोमबार विहान नेपाल आइपुग्ने भएको छ ।
स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तरगर्तको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख उपेन्द्र ढुंगानाले चीनको साइनोफार्म कम्पनीले उत्पादन गरेको खोप सोमबार विहान नेपाल आइपुग्ने बताए । उनका अनुसार उक्त खोप चीन सरकारले अनुदानमा उपलब्ध गराएको समेत जानकारी दिए ।
गत चैत १ गतेको मन्त्रिपरिषद् बैठकले मित्रराष्ट्र चीनबाट प्रदान गरिने कोभिड–१९ विरुद्धको खोप ‘भेरासेल’लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो ।
सो सरकारी निर्णयबमोजिम चीन सरकारले उपलब्ध गराउने वस्तुगत अनुदान स्वीकार गर्ने निर्णय भएअनुरुप ८ लाख मात्र कोभिडविरुद्धको खोपलगायत सहायता सामग्री नेपाल बायुसेवा निगमको वाइडबडी विमान जहाज बेइजिङ जाने बताइएको छ ।
सम्बन्धित










बढ्यो पेट्रोल र डिजेलको मूल्य
दलहरुबीचको एकता र विभाजन के निर्वाचन लक्षित मात्रै हो ?
एमाले चुनाव विरोधी र चुनावबाट विचलित हुने पार्टी होइन: एमाले नेता
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
आज २०८२ साल कात्तिक २७ गते बिहीबारको राशिफल
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
यस्ताे छ आजकाे माैसम पूर्वानुमान
प्रतिक्रिया