इलाम-२ मा सुहाङ नेम्वाङले गरे उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा एमालेबाट इलाम-२ मा उम्मेदवार बनेका सुहाङ नेम्वाङले मनोनयन दर्ता गरेका छन् ।
सुहाङले नेता कार्यकर्ताको जुलुससहित निर्वाचन कार्यालय पुगेर आफ्नो मनोनयन दर्ता गरेका हुन् । सुहाङलाई माओवादी केन्द्रले समेत समर्थन गरेको छ ।
आगामी बैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता जारी छ ।
अहिलेसम्म इलाम २ मा जनमत पार्टीका प्रेमकुमार थामसाङ, नेमकिपाका श्याम नेपाली, स्वतन्त्र उम्मेदवार जकप्रसाद गौतम, मंगोल नेश्नलका मणिबहादुर लिम्बु, एकीकृत समाजवादीका जीतबहादुर राई र स्वतन्त्रबाट डेकेन्द्र सिंह थेगमले उम्मेदवारी दर्ता गराएका छन् ।
इलाम- २ बाट निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।
निर्वाचन आयोगले आज साँझ ५ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गर्न समय दिएको छ । आयोगले आजै बेलुका ५ बजेदेखि ६ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ताको सूची प्रकाशन गर्ने जानकारी दिएको छ ।
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
मन्त्रिपरिषद् बैठक सुरु
प्रतिक्रिया