जोरपाटीमा असहाय र विपन्नका लागि हाडजोर्नी सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर

काठमाडौँ। काठमाडौँको जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ अर्थोपेडिक अस्पतालमा गरिब र असहाय व्यक्तिहरुका लागि खुट्टाको हड्डीको उपचारसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।
हिलिङ द चिल्ड्रेन अमेरिकाका विशेषज्ञ चिकित्सकहरु अलिरेजा खोसरोबादीर र जोहन हर्जेनबर्गसहित सो अस्पतालका विशेषज्ञ चिकित्सकको टोलीले उपचार दिनेगरी आजदेखि आगामी शुक्रबारसम्मका लागि सो शिविरको आयोजना गरिएको उक्त अस्पतालले जानकारी दिएको छ ।
अस्पतालका मेडिकल निर्देशक डा कैलाश भण्डारीले यस निःशुल्क स्वास्थ्य शिविरबाट आर्थिक अभाव भएका गरिब तथा विपन्न व्यक्तिहरुले लाभ लिन सक्ने जानकारी दिए ।
उनका अनुसार सो स्वास्थ्य शिविरमा सामान्य स्वास्थ्य परीक्षणदेखि जटिलखालका शल्यक्रियाहरु पनि गरिने भएको छ । यसप्रकारको जटिल शल्यक्रियामा विशेषज्ञ चिकित्सकहरु सहभागी हुनेछन् ।
यस शिविरबाट खुट्टाको हड्डी बाङ्गो भएका, हाड तथा जोर्नीसम्बन्धी जन्मजात विविध समस्या भएका, पछि समस्या उत्पन्न भएका तर समयमै उपचार पाउन नसकेका तथा शल्यक्रिया गर्नुपर्ने भए पनि विशेषज्ञ चिकित्सकको परामर्श पाउन नसकेकाहरुले लाभ लिन सक्ने डा भण्डारीले जानकारी दिए ।
अनाथ, असहाय, निम्न वर्गीय तथा अपाङ्गता भएका नागरिकको स्वास्थ्य सेवामा समर्पित रहनेगरी गैरनाफामूलक संस्थाका रुपमा सन् १९९८ मा स्थापना भएको यस अस्पतालले हाडजोर्नीका बिरामीका लागि सेवा प्रदान गर्दै आएको छ ।
















यस्ताे छ अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णय
डा वाग्ले अर्थमन्त्री भएपछि तनहुँमा खुसी
नर्स निशा मेहता बनिन् स्वास्थ्यमन्त्री
कानुन सुधारको जिम्मा अब सोविता गौतमको काँधमा
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
प्रतिक्रिया