नेपाल आँखा अस्पताल ५१औँ वर्षमा : हालसम्म ३४ लाख जनाले पाए आँखा सेवा

काठमाडौँ । त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पताल ५१औँ वर्षमा प्रवेश गरेको छ । विसं २०३० चैत २६ गते स्थापित यस अस्पतालबाट हालसम्म ३४ लाख ३८ हजार पाँच सय ७२ जनाले आँखा जाँचको सेवा लिएका छन् । यसैगरी हालसम्म एक लाख ३७ हजार एक सय ७४ जनाको आँखाको शल्यक्रिया गरिएको छ ।
स्वर्ण महोत्सवको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका आँखा सेवा नपाएका धेरै अझै पनि समुदायमा रहेको, उपचारको दायरामा आउन नसकेको र घरघरमा गएर आँखासम्बन्धी स्वास्थ्य सचेतना प्रदान गर्न पहल भैराखेको जानकारी दिइयो ।
पत्रकार सम्मेलनमा अस्पतालका अध्यक्ष डा गोपालप्रसाद पोखरेलल भने, “काठमाडौँ महानगरपालिकाको वडा नं ११ लाई मोतिबिन्दुरहित क्षेत्र बनाउने अभियानमा छौँ । वडा र अस्पताल मिलेर त्यहीँको स्वयंसेवी खटाइ विवरण लिने र आवश्यकलाई सहुलियतसहित उपचार सेवा दिइरहेका छौँ ।” उनले यो कार्यक्रम सुरु भएको छ महिनामा १२ सय जनाको परीक्षण गरिएकामा ३४ जनाको शल्यक्रिया भएको जनाए।
अस्पतालका बोर्ड सचिव युद्धध्वज सापकोटाले पैसा नभएका कारणले कुनै पनि बिरामी सेवा नपाइ फर्किनु नपरेको बताए । उनले भने, “हामीले आधुनिक प्रणालीबाट सहुलियत शुल्कमा विशेषज्ञ सेवा दिइरहेका छौँ । दैनिक चार सयदेखि सात सय जनालाई बहिरङ सेवा लिइरहेका छन् ।”
पत्रकारसम्मेलनमा अस्पतालले आगामी वैशाख १ गतेदेखि विस्तारित क्लिनिक पनि सेवा सुरु गर्ने जानकारी दिइयो ।









कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
उज्यालो नेपाल पार्टी आयोगमा दर्ता
सुदूरपश्चिमले पोखरालाई दियो १९४ रनको लक्ष्य
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
प्रतिक्रिया