नेपाल आँखा अस्पताल ५१औँ वर्षमा : हालसम्म ३४ लाख जनाले पाए आँखा सेवा

काठमाडौँ । त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पताल ५१औँ वर्षमा प्रवेश गरेको छ । विसं २०३० चैत २६ गते स्थापित यस अस्पतालबाट हालसम्म ३४ लाख ३८ हजार पाँच सय ७२ जनाले आँखा जाँचको सेवा लिएका छन् । यसैगरी हालसम्म एक लाख ३७ हजार एक सय ७४ जनाको आँखाको शल्यक्रिया गरिएको छ ।
स्वर्ण महोत्सवको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका आँखा सेवा नपाएका धेरै अझै पनि समुदायमा रहेको, उपचारको दायरामा आउन नसकेको र घरघरमा गएर आँखासम्बन्धी स्वास्थ्य सचेतना प्रदान गर्न पहल भैराखेको जानकारी दिइयो ।
पत्रकार सम्मेलनमा अस्पतालका अध्यक्ष डा गोपालप्रसाद पोखरेलल भने, “काठमाडौँ महानगरपालिकाको वडा नं ११ लाई मोतिबिन्दुरहित क्षेत्र बनाउने अभियानमा छौँ । वडा र अस्पताल मिलेर त्यहीँको स्वयंसेवी खटाइ विवरण लिने र आवश्यकलाई सहुलियतसहित उपचार सेवा दिइरहेका छौँ ।” उनले यो कार्यक्रम सुरु भएको छ महिनामा १२ सय जनाको परीक्षण गरिएकामा ३४ जनाको शल्यक्रिया भएको जनाए।
अस्पतालका बोर्ड सचिव युद्धध्वज सापकोटाले पैसा नभएका कारणले कुनै पनि बिरामी सेवा नपाइ फर्किनु नपरेको बताए । उनले भने, “हामीले आधुनिक प्रणालीबाट सहुलियत शुल्कमा विशेषज्ञ सेवा दिइरहेका छौँ । दैनिक चार सयदेखि सात सय जनालाई बहिरङ सेवा लिइरहेका छन् ।”
पत्रकारसम्मेलनमा अस्पतालले आगामी वैशाख १ गतेदेखि विस्तारित क्लिनिक पनि सेवा सुरु गर्ने जानकारी दिइयो ।
















यस्ताे छ अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णय
डा वाग्ले अर्थमन्त्री भएपछि तनहुँमा खुसी
नर्स निशा मेहता बनिन् स्वास्थ्यमन्त्री
कानुन सुधारको जिम्मा अब सोविता गौतमको काँधमा
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
प्रतिक्रिया