नगर अस्पतालमा अब २४सै घण्टा डाक्टर

दमौली (तनहुँ) । भानु नगरपालिका–५ पुरनडिहीस्थित नगर अस्पतालमा अब २४सै घण्टा चिकित्सक सेवा उपलब्ध हुने भएको छ ।
सङ्घीय सरकारबाट दरबन्दी कायम गरी डाक्टर खटिएसँगै अब बिरामीले २४सै घण्टा चिकित्सक सेवा पाउने निश्चित भएको हो ।
केही दिन अगाडि मेडिकल अधिकृत अपराजिता सिंह नगर अस्पतालमा हाजिर भएसँगै विशेषगरी भानु नगरपालिका तथा आसपासका बिरामीलाई परीक्षणमा सहज भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले जानकारी दिए । नगर अस्पतालबाट बहिरङ्ग सेवा, २४सै घण्टा आकष्मिक सेवा, गर्भवती जाँच, प्रसूति सेवा, खोप तथा पोषण सेवा, प्रयोगशाला सेवालगायत सेवा प्रदान हुँदै आएको छ ।
पुरनडिही नगर अस्पताललाई सुविधासम्पन्न बनाउन नगरपालिकाका तर्फबाट पहल हुँदै आएको नगरप्रमुख आनन्दराज त्रिपाठीले बताए । नगरवासीको स्वास्थ्यजस्तो महत्त्वपूर्ण विषयलाई नगरपालिकाबाट हुनसक्ने सम्पूर्ण कार्य पूरा गर्न नगरपालिका तयार रहेको र आगामी आवको बजेटमा स्वास्थ्यलाई प्राथमिकता राखिने प्रतिबद्धता उनले व्यक्त गरे ।
पाठेघर परीक्षण शिविर
भानु नगरपालिकामा चैत २८ देखि ३० गतेसम्म पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरसम्बन्धी निःशुल्क परीक्षण तथा उपचार शिविर आयोजना हुने भएको छ । भानु नगरपालिका र तुलसीमाया मेमोरियल क्यान्सर रिलिफ टोखा काठमाडौँको संयुक्त आयोजनामा शिविर हुन लागेको हो ।
चैत २८ गते वडा नं १० को कालिमाटीमा रहेको नगरस्तरीय अस्पतालमा, चैत २९ गते वडा नं ३ को खहरेमा रहेको भानु स्वस्थ्य चौकीमा र चैत ३० गते पुरनडिही नगर अस्पतालमा शिविर सञ्चालन हुने भानु नगरपालिकाले जनाएको छ ।
















यस्ताे छ अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णय
डा वाग्ले अर्थमन्त्री भएपछि तनहुँमा खुसी
नर्स निशा मेहता बनिन् स्वास्थ्यमन्त्री
कानुन सुधारको जिम्मा अब सोविता गौतमको काँधमा
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
प्रतिक्रिया