सभामुखले दिए नेपालका लागि पाकिस्तानी राजदूतलाई कार्यकालकाे शुभकामना

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि पाकिस्तानी राजदूत शैयद हैडेर शाहबीच बिहीबार शिष्टाचार भेट भएको छ । सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले राजदूत शैयदलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।
भेटमा सभामुख सापकोटाले नेपाल र पाकिस्तानबीच ६१ वर्ष लामो कूटनीतिक सम्बन्धमा कहिल्यै तिक्तता नआएको उल्लेख गर्दै दुई देशका जनताबीचको सम्बन्ध अझ पुरानो रहेको चर्चा गरेका थिए ।
संघीय संसदमा नेपाल–पाकिस्तान संसदीय मैत्री समूह रहेको जानकारी गराउँदै उनले दुई देशका संसद–संसदबीचको सम्बन्धलाई थप विकास, विस्तार र सुदृढीकरण गर्दै दुवै देशको समृद्धिकाे सम्भावना खोज्दै अघि बढ्न सकिने बताएका थिए ।
भेटमा राजदूत शैयदले आफ्नो कार्यकालमा नेपालमा व्यापार लगायतका क्षेत्रमा सहकार्यका लागि गुणात्मक पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । नेपाली नेतृत्वले दक्षिण एशियाली सहयोग संगठन सार्कको स्थापनाकालदेखि नै अवलम्बन गरिरहेका विषय प्रशंसनीय रहेको चर्चा गर्दै उनले सार्कका माध्यमबाट बहुपक्षीय सम्बन्धका साथै क्षेत्रीय शान्ति र समृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।









बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
एनपीएलमा आज विराटनगर र चितवन खेल्दै
शेख हसिनालाई मृत्युदण्डको सजायविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा
प्रतिक्रिया