त्रिभुवन विश्वविद्यालयमा रेक्टर र रजिष्ट्रार नियुक्त
मेरोन्यूज
२०८० चैत ३० गते २०:२३

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रेक्टरमा प्रा.डा. खड्क केसी र रजिष्ट्रारमा प्रा.डा. केदार रिजाल नियुक्त भएका छन् ।
त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बरालको सिफारिसमा कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीहरूलाई नियुक्त गरेका हुन् ।
सरकारले गएको फागुन १० गते प्रा.डा. बराललाई उपकुलपति नियुक्त गरेको थियो । उनले नियुक्ति अघिदेखि नै आफूलाई टिम बनाउन दिनुपर्ने सर्त राखेका थिए ।
उपकुलपति बरालले चैत १५ गते रेक्टरमा केसी र रजिस्ट्रारमा रिजाललाई नियुक्त गर्ने सिफारिस गरेका थिए । तर, लामो समयसम्म नियुक्त नभएपछि जनस्तरबाटै प्रधानमन्त्रीको आलोचना भएको थियो ।
सम्बन्धित
















नेपालमा हुन लागेकाे साफ महिला च्याम्पियनसिपको उद्घाटनमा आज बङ्गलादेश र भुटान भिड्दै
पूजा महतोको कप्तानीमा नेपालले एसिया कप खेल्ने
33 days to HoR elections: EC active for code of conduct enforcement; 21 explanations sought
बुढासुब्बा गोल्डकप : धरानको पहिचान, युवा प्रतिभाका लागि सुनौलो अवसर
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया