मंगलबार, पुष १५, २०८२

धनुषामा गहुँ खेतमा भेटियो महिलाको शव

मेरोन्यूज २०८१ वैशाख २ गते १२:४८

धनुषा। धनुषामा एक महिलाको हत्या भएको अवस्थामा शव फेला परेको छ।

जिल्लाको हंसपुर नगरपालिका- ७ घर भएकी ५५ वर्षीया शुभदेवी मण्डलको शव सहीदनगरमा फेला परेको हो।

मण्डल शनिबार साँझ ७ बजदेखि सम्पर्कविहीन थिइन् । उनको शव आज बिहान सवा ९ बजेतिर गाउँनजिकै गहुँ खेतमा फेला परेको हो ।

प्रहरीका अनुसार मृतक मण्डलको शरीरमा घाउचोट देखिएको छ । कसैले उनको हत्या गरेर खेतमा फालेको हुन सक्ने प्रहरीको आशंका छ ।

अनुसन्धानको लागि तालिम प्राप्त कुकुरसहित प्रहरी टोली घटनास्थलमा पुगेको छ ।

प्रतिक्रिया