शनिबार, माघ १०, २०८२

जसपाका पूर्वसांसद साहमाथि आक्रमण, तीनजना पक्राउ

मेरोन्यूज २०८१ वैशाख ३ गते ११:३३

काठमाडौं । सर्लाहीमा जनता समाजवादी पार्टी (जसपा) का पूर्वसांसद प्रमोद साहमाथि आक्रमण भएको छ ।

आइतबार राति सर्लाहीको हरिपुर नगरपालिका–६ मा उनीमाथि आक्रमण भएको हो । साहको टाउकोमा गम्भीर चोट लागेको छ ।

कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा आर्यन चौधरी, सिद्धान्त चौधरी र सरोज माझी छन् ।

अन्य व्यक्तिहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया