साझा यातायातद्धारा ४० बिजुली बस खरिदका लागि टेण्डर आवहन

काठमाडौं । साझा यातायातले विद्युतीय बस खरिद गर्न आज शुक्रबार प्रक्रिया अघि बढाएको छ । यातायातको वेभसाईट () मा जारी गरिएको सूचनामा २ करोड १० लाख रुपैयाँ बराबरको ४० वटा बिजुली बस खरिदका लागि टेण्डर निकालेर प्रक्रिया अघि बढाएको उल्लेख छ । सो टेण्डरमा ४५ दिनको आवेदन समयसीमा रहेको छ । पहिलो चरणमा ४० वटा बस किनेर काठमाडौं उपत्यकामा संचालन गर्न लागिएको साझा यातायातले जनाएको छ ।
सरकारले ९ मिटर लामो बस खरिद गर्नुपर्ने ताकेकोले सोही अनुसार बिजुली बस खरिद गर्न लागेको साझा यातायातको भनाई छ । २५ सिट क्षमताको बिजुली बसमा सीसी टीभी क्यामेरा, डिस्प्ले बोर्ड, मोबाइल चार्ज गर्ने प्वाइन्ट लगायतका सुविधा हुनेछन् । पहिलो चरणमा ९ मिटरको बस खरिद गर्न लागिएको भए पनि दोस्रो चरणमा १२ मिटरका बस खरिद गर्ने साझाको तयारी छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सेयर वापतको ३ सय करोड रुपैयाँबाट बस खरिद गर्न लागिएको साझाले जनाएको छ । बस खरिदको बजेट साझालाई दिएर पनि एक वर्ष अघि सरकारले एकाएक ब्याजसमेत तान्न ताकेता गरेको थियो । साझालाई नै बिजुली बस किन्न सरकारले फेरि पैसा दिने निर्णय गरेसँगै बस खरिद प्रक्रिया अघि बढेको हो ।









निर्वाचन प्रयोजनका लागि आज दल दर्ताको अन्तिम दिन
एनपीएलमा आज विराटनगर र चितवन खेल्दै
आज मंसिर १० गते बुधबार, कस्ताे रहला तपाइकाे राशिफल ?
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
प्रतिक्रिया