यी हुन् सलमानको घरमा गोली चलाउने व्यक्ति
मेरोन्यूज
२०८१ वैशाख ३ गते १८:३४

काठमाडाैं । बलिउड अभिनेता सलमान खानको घर बाहिर गोली चलाउने आक्रमणकारीको तस्बिर र भिडियो सार्वजनिक भएको छ ।
जसमा गोली चलाउने एक व्यक्तिले कालो र सेतो रंगको टिर्सट लगाएका छन् भने अर्को व्यक्तिले रातो टिर्सट लगाएका छन्। यी तस्बिरका आधारमा दुवैको खोजी तीव्र पारिएको छ ।
प्रहरीका अनुसार आइतबार बिहान मोटरसाइकलमा सवार दुई अज्ञात व्यक्तिले मुम्बईकाे बान्द्रास्थित अभिनेता सलमान खानको घर बाहिर गोली चलाएका थिए । त्यसलगत्तै प्रहरीले खानको निवास वरिपरि सुरक्षा बढाएर आरोपीको खोजी सुरु गरेको थियो ।
प्रहरीले अभिनेताको घर वरिपरि राखिएका सिसिटिभी फुटेज जाँच गरी अभियुक्तको पहिचान गरेको हाे । घटनाको प्रमाण सङ्कलन गर्न स्थानीय प्रहरी, अपराध महाशाखा र फरेन्सिक विज्ञको टोली पनि घटनास्थल पुगेको र घटनाको अनुसन्धान सुरु गरिएको जनाइएकाे छ ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया