नाबालिकालाई वेश्यावृत्तिमा लगाउने २ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले नाबालिकालाई वेश्यावृत्तिमा लगाउने दुईजनालाई पक्राउ गरेको छ ।
प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले काठमाडौँको चावहिलमा रहेको फ्रेन्डशिप ब्युटी एन्ड स्पामा ललाईफकाई विभिन्न किसिमको प्रलोभनमा पारी यौन गतिविधिमा लगाउने दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापाकी ३४ वर्षीया पूजा लोवा र चितवनकी ४३ वर्षीय ओमकुमारी पुन रहेका छन् ।
ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक गौतम मिश्रले आर्थिक अवस्था कमजोर भएकी नाबालिकालाई रेष्टुरेन्ट तथा स्पालगायत स्थानमा आकर्षक तलब सुविधा हुने काममा लगाई दिने प्रलोभनमा पारेर वेश्यावृत्तिमा लगाएकाले उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । “सुरुमा नाबालिकालाई वेटरको काममा लगाई दिने भनी ओमकुमारी पुनले पूर्वी नवलपरासीको एक रेष्टुरेन्टमा पठाई रेष्टुरेन्ट सञ्चालकले ललाईफकाई तथा धाँकधम्की दिई वेश्यावृत्तिमा लगाएको अनुसन्धानमा खुलेको छ,” उनले भने ।
पक्राउ परेकामध्ये लोवाले नाबालिकालाई काठमाडौँ ल्याएर विभिन्न प्रलोभनमा पारेर जबर्जस्ती ग्राहकसँग सम्पर्क राख्न लगाई वेश्यावृत्तिमा लगाएको प्रहरीले जनाएको छ ।
उनीहरुले पीडित नाबालिकालाई ग्राहकको अनुरोधमा विभिन्न होटल तथा गेष्ट हाउसमा पठाओ प्रयोग गरी पठाई वेश्यावृत्तिमा लगाउने गरेको अनुसन्धानमा खुलेको प्रवक्ता मिश्रले बताए ।
पक्राउ परेका दुवैजनालाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको ब्यूरोले जनाएको छ ।













प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
गोली प्रहार गर्न मैले कुनै आदेश दिएको छैन, कानुनले पनि दिँदैन : पूर्वगृहमन्त्री लेखक
चिडियाखानाको व्यवस्थापनलाई सहज बनाउँछाैं : मन्त्री चौलागाईं
रमेश लेखकले जाँचबुझ आयोगलाई दिएको बयानमा के भने ? (पूर्णपाठ)
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
प्रतिक्रिया