घुस लिएको आरोपमा पोखरा महानगरका इन्जिनियर बराल पक्राउ
मेरोन्यूज
२०८१ वैशाख ५ गते ९:४९

पोखरा । घुस लिएको आरोपमा पोखरा महानगरपालिका घर नक्सा शाखाका इन्जिनियर शिव बराल पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले बराललाइ मंगलबार पक्राउ गरेको हो ।
यसअघि चैत २८ गते महानगरबाट घर निर्माण सम्पन्नको प्रमाणपत्र दिने क्रममा सब इन्जिनियर उषाकिरण रोकाया र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाइ अख्तियारले १ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।
त्यही प्रकरणमा मंगलबार साँझ बराललाई पनि पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले जनाएकाे छ । बराललाई पक्राउ गरी केन्द्रीय कार्यालय टंगाल पठाइएको छ।
सम्बन्धित
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
साँखुमा गोली चल्यो
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया