घुस लिएको आरोपमा पोखरा महानगरका इन्जिनियर बराल पक्राउ
मेरोन्यूज
२०८१ वैशाख ५ गते ९:४९

पोखरा । घुस लिएको आरोपमा पोखरा महानगरपालिका घर नक्सा शाखाका इन्जिनियर शिव बराल पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले बराललाइ मंगलबार पक्राउ गरेको हो ।
यसअघि चैत २८ गते महानगरबाट घर निर्माण सम्पन्नको प्रमाणपत्र दिने क्रममा सब इन्जिनियर उषाकिरण रोकाया र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाइ अख्तियारले १ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।
त्यही प्रकरणमा मंगलबार साँझ बराललाई पनि पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले जनाएकाे छ । बराललाई पक्राउ गरी केन्द्रीय कार्यालय टंगाल पठाइएको छ।
सम्बन्धित













कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया