पाटनमा प्रतिस्थापन कला प्रदर्शनी हुँदै
मेरोन्यूज
२०८१ वैशाख ५ गते २१:१३

काठमाडौँ । कलाकार मनिषलाल श्रेष्ठले विश्वसम्पदा दिवसका सन्दर्भमा बिहीबार प्रतिस्थापन कला प्रदर्शनी गर्दै छन् ।
ललितपुरस्थित पाटन दरबार परिसर वरिपरि उनले १३ सय ३६ मिटरको धागो प्रदर्शनी गर्न लागेका हुन् । उनले सन् २०१७ मै तयार पारेको ‘प्रोजेक्ट १३३६’ शीर्षकको प्रतिस्थापन कला पुनःप्रदर्शनी गर्न लागेका हुन्।
दिउँसो १ बजेदेखि सुरु हुने कार्यक्रम लतिलपुर चेम्बर अफ कमर्शको सहकार्यमा हुँदैछ । लामो रङ धागो प्रदर्शनी गर्नुको पछाडि काठमाडौँको बहुसांस्कृतिक सभ्यता पस्किन खोजेको उनले बताए।
“काठमाडौँ विभिन्न कला संस्कृतिका रङले जोडिएको लामो धागो जस्तै हो”, उनले भने, “आत्मियता र मित्रवत् समाजको परिकल्पनामा प्रतिस्थापन कला बनाएको छु ।”
सम्बन्धित
















दुई सय वर्ष पुरानो गगनेश्वर मन्दिर पुनर्निर्माण गर्दै काठमाडौँ महानगर
संविधान संशोधन बहसपत्र तयारी कार्यदलको बैठक आज
राष्ट्रियसभाका ४ समितिका सभापतिको शपथ
सुनचाँदीको मूल्य वृद्धि
संविधान संशोधन बहसपत्र तयारी कार्यदलको बैठक आज
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
प्रतिक्रिया