चार स्रष्टा सम्मानित

काठमाडाैँ । साहित्यकार पारिजातको स्मृतिमा चार जना स्रष्टालाई सम्मान गरिएको छ।
पारिजात स्मृति केन्द्रद्वारा आज आयोजित कार्यक्रममा सम्मानित हुनेमा पारिजात सृजन सम्मान २०८० बाट साहित्यकार शोभा दुलाल, पारिजात बालसाहित्य सम्मान २०८० बाट प्राडा ध्रुव घिमिरे, पारिजात कलासाहित्य २०८० बाट उदय श्रेष्ठ र पारिजात सङ्घर्षशील नारी सम्मान २०८० बाट निर्मलादेवी साह सम्मानित भएका हुन्।
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भुपाल राईले सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान गरेका हुन्। सो अवसरमा कुलपति राईले तत्कालीन समयमा साहित्यका क्षेत्रमा प्रतिपक्षको आवाज उठाउने पारिजात नै रहेको बताए।
अन्तर्राष्ट्रिय सङ्घ संस्थासँग समेत आबद्ध रहेका साहित्यकार पारिजातले मदन पुरस्कार, गङ्की पुरस्कार पाण्डुलिपि पुरस्कारसमेत प्राप्त गरेकी थिइन्।
पारिजातको दीर्घ रोगका कारण विसं २०५० वैशाख ५ गते निधन भएको थियो। कार्यक्रममा केन्द्रका अध्यक्ष मातृका पौडेलले पारिजात नेपाली साहित्यको उच्च व्यक्तित्व रहेको बताए ।
















प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता
सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १०% सम्मको छुट
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
प्रतिक्रिया