त्रिभुवन विमानस्थलबाट ८५० ग्राम सुनसहित एक महिला पक्राउ
मेरोन्यूज
२०८१ वैशाख ७ गते २१:३२

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित एक महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा थाई एयरलाइन्सको टिजी ३१९ नंको उडानबाट आज नेपाल आएकी भारतीय महिला सहिना प्रभिन रहेकी विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्माले राससलाई जानकारी दिए । उनले भने, “सेतो प्लास्टिकलाई बाहिरबाट कालो टेपले बेरर भित्री कपडा भित्र लुकाएर ल्याएको अवस्थामा अर्धठोस अवस्थामा रहेको सुनजस्तो देखिने दुई पोका पहेँलो धातु अन्दाजी (प्लास्टिकसहित) आठ सय ५० ग्राम सुनसहित निजलाई पक्राउ गरिएको हो ।”
यसअघि बिहीबार पनि प्रहरीले विमानस्थलबाट एक किलो ७० ग्राम बेवारिसे अवस्थामा रहेको सुन बरामद गरेको थियो ।
सम्बन्धित













आज २०८२ साल पुस १५ गते मंगलबारको राशिफल
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रतिक्रिया