वडाध्यक्षको मृत्यु
मेरोन्यूज
२०७७ चैत १४ गते ७:४७

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–५ का वडाध्यक्ष मदन चन्दको शुक्रबार राति उपचारका क्रममा महाकाली अस्पतालमा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार कार्यालयका अन्य कर्मचारीसहित वनभोज गएका वडाध्यक्ष चन्दको घाँटीमा एक्कासी समस्या देखिएपछि उपचारका लागि अस्पताल पुर्याइएको थियो ।
“घाटीमा मासु अड्केर बेहोस भएपछि उहाँलाई एम्बुलेन्सबाट महाकाली अस्पताल ल्याइएको हो”, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने, “उपचारका क्रममा राति मृत्यु भयो ।” उनले शव परीक्षणपछि मृत्युबारे विस्तृत जानकारी हुनेसमेत बताए ।
शव महाकाली अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । (रासस)
सम्बन्धित









टियागो इभिमा मेडिकल प्रोफेशनलहरूका लागि विशेष अफर
प्रधानमन्त्री कार्कीलाई मातृभूमि पार्टीको ज्ञापनपत्र
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट
जेनजीसँगको सम्झौता मन्त्रिपरिषदबाट अनुमोदन
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
सुदूरपश्चिमका यी अखिलका पूर्वनेता केन्द्रीय सदस्यमा ‘डेब्यु’ गर्ने तयारीमा
समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता
एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने
फाइनलमा पुग्न विराटनगरलाई १५६ रनको लक्ष्य
प्रतिक्रिया