बेसहारा बालबालिकालाई पढाउन महायज्ञ

टीकापुर (कैलाली) । बेसहारा बालबालिकालाई आवासीय शिक्षाको व्यवस्था गर्ने उद्देश्यले स्थानीय शङ्करपुरमा महायज्ञ आयोजना गरिएको छ ।
महायज्ञ उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशसभा सदस्य ललिता सुनारले अभिभावकविहीन बालबालिकाको आवासीय शिक्षाका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। “सबै बालबालिकाको अभिभावक सरकार हो, प्रदेश सरकारले स्थानीयस्तरमा यहाँहरूले थालेका काममा सघाउनेछ”, उनले भने, “मेरो व्यक्तिगत सहयोग पनि रहनेछ ।”
महायज्ञबाट सङ्कलित रकम शङ्करपुरस्थित पशुपतिनाथ आधारभूत विद्यालयको स्तरोन्नतिमा पनि खर्च गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा विश्व शान्तिका लागि साझा अभियान नेपालका प्रबन्धक गोपाल विकले बताए । उनले विद्यालयको विकास र समुदायका असहाय, विपन्न बालबालिकाको आवासीय शिक्षाका लागि ‘पशुपतिनाथ शैक्षिक तथा धार्मिक सप्ताह ज्ञान महायज्ञ’ आयोजना गरिएको बताए ।
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
साँखुमा गोली चल्यो
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया