गैरहाजिर रहेका प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन प्रधान कार्यालयको निर्देशन
मेरोन्यूज
२०८१ वैशाख १० गते ८:४०

काठमाडौं । नेपाल प्रहरीको प्रधान कार्यालयले कार्यालयको सम्पर्कमा नरहेका १६ जना प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।
प्रहरी प्रधान कार्यालयले सोमबार एक सूचना जारी गर्दै गैरहाजिर प्रहरीहरुको नामावलीसहित एक सूचना सार्वजनिक गर्दै ७ दिनभित्र कार्यालयमा हाजिर हुन आउन निर्देशन दिएको दिएको हो । प्रहरीहरुले आफूहरु गैर हाजिरीमा रहनुको स्पष्ट र सन्तोषजनक स्पष्टीकरणसहित प्रहरी प्रधान कार्यालयमा हाजिर हुन र अन्यथा सेवाबाट हटाएर कारवाही गरिने सूचनामा उल्लेख छ ।
प्रहरी प्रधान कार्यालयले निकालेको सूचनामा प्राविधिक प्रहरी नायव निरीक्षक, हवल्दार, जवानदेखि कार्यालय सहयोगीसम्म छन् ।
सूचना हेर्नुहोस्

सम्बन्धित
















नारायणघाट–बुटवल सडकः पूर्वी खण्डका पुल निर्माण सम्पन्न
प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार चार सय ४२ कर्मचारी खटाइने
कञ्चनपुरमा चुनावी सरगर्मी बढेसँगै चोक–चौतारीमा उम्मेदवारको व्यक्तित्व र ‘एजेन्डा’ माथि मन्थन
सर्लाहीमा सवारी दुर्घटनाः छ महिनामा २९ जनाको मृत्यु, १९० घाइते
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
प्रतिक्रिया