कम्युनिष्ट पार्टी स्थापनामा कर्माचार्यको भूमिका अतुलनीय : माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा कम्युनिष्ट पार्टी स्थापना गर्न नरबहादुर कर्माचार्यको योगदान अतुलनीय रहेको बताएका छन् ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज आयोजित नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको कार्यक्रममा बोल्दै उहाँले कर्माचार्य नेपाली कम्युनिष्ट आन्दोलनको धरोहर भएको बताए।
अध्यक्ष नेपालले अरु पार्टीले नेपाली समाजलाई रुपान्तरण गर्न नसक्ने उल्लेख गर्दै क्रान्तिकारी सिद्धान्तले मात्र समाजलाई रुपान्तरण गर्न सकिने बताए। मुलुकमा लोकतन्त्रले मात्र नपुग्ने भन्दै उनले समाजवादी लोकतन्त्रसम्म पुग्नुपर्ने आवश्यकता रहेको बताए ।
नेपालले लोकतन्त्रको संवाहक कम्युनिष्ट पार्टी मात्र रहेको अध्यक्ष नेपालको भनाइ थियो । जनताको विकास र स्वाभिमानको पक्षलाई ध्यान दिँदै देशको भाग्य र भविष्यको फैसला कम्युनिष्टले गर्दछ भन्ने मान्यतालाई अझ उजागर गर्नुपर्ने उनले उल्लेख गरे। कम्युनिष्ट आन्दोलनप्रति जनताको ध्यान आकर्षित गर्न रचनात्मक भूमिका खेल्नुपर्ने उनले बताए ।
“कम्युनिष्टका शत्रु र मित्र हामीले छुट्टाउनुपर्दछ”, अध्यक्ष नेपालले भने, “मित्रलाई एकताबद्ध बनाउने र शत्रुलाई उपयोग गर्न आफ्ना पक्षमा ल्याउनुपर्दछ ।” उनले नेपालको राजनीति जटिल रहेको उल्लेख गर्दै सत्ताका लागि गठबन्धन टुट्ने फुट्ने क्रम चलिरहेको बताए ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष तथा उपप्रधानमन्त्री एवं परराष्ट्र«मन्त्री नारायणकाजी श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्नेमध्येका एक नरबहादुर कर्माचार्यको योगदानलाई बिर्सन नहुने बताए ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का नेता लिलामणि पोखरेल, प्रतिष्ठानका सल्लाहकार डा महेश मास्के, सहिद प्रतिष्ठानका अध्यक्ष धर्मशिला चापागाईंलगायतले कर्माचार्यले मुलुकको कम्युनिष्ट आन्दोलनमा खेलेको भूमिकाबारे चर्चा गरेका थिए।
















मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
मालपोत कार्यालयको सेवा प्रवाहमा अवरोध गर्ने १६ जना पक्राउ
इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ठगीको अभियोगमा एक जना पक्राउ
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
प्रतिक्रिया