सुदर्शनको नयाँ फिल्म‘रावायण’ को छायांकन सुरु

काठमाडौँ । निर्देशक सुदर्शन थापाको नयाँ फिल्म ‘रावायण’ को छायांकन सुरु भएको छ । सोमबार जनकपुरधामस्थित प्रख्यात जानकी मन्दिरमा शुभ-मुहूर्त गर्दै रेल्वे स्टेशनबाट छायांकन सुरु गरिएको हो ।
फिल्मको शुभमुहूर्तमा निर्देशक थापासहित फिल्मका कलाकारहरु पल शाह, पूजा शर्मा, प्रमोद अग्रहरी, सुशान्त श्रेष्ठ लगायत सहभागी भएका थिए । मंगलबारबाट सर्लाही जिल्लास्थित लालबन्दीमा छायांकन गरिने जानकारी निर्माण टिमले दिएको छ ।
एक्सन तथा लभस्टोरी कथामा बन्न लागेको फिल्मको धेरैजसो छयांकन सोहि स्थान वरपर हेन बताइएको छ ।
फिल्ममा प्रियंका कार्की, पूर्व मिस नेपाल निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकालको पनि अभिनय रहनेछ । फिल्ममा पल एक्सन भूमिकामा रहेका छन् । फिल्ममा उनी दोहोरो भूमिकामा देखिनेछन् ।
सुदर्शन थापा र पूजा शर्माको संयुक्त निर्माण रहने फिल्मको आगामी भदौ २१ गतेलाई प्रदर्शन मिति घोषणा गरिसकिएको छ ।









भियतनाममा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५५ पुग्यो
एनपिएलः कर्णालीले पायो १५७ रनको लक्ष्य
वाग्मती करिडोलाई सुन्दर बनाउन ढल व्यवस्थापनमा जोड
एनपिएलः लुम्बिनी र कर्णालीको खेल सुरु, लुम्बिनीलाई सुरुआती झट्का
चिसोले पञ्चकुण्ड ताल जमेपछि …
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
प्रतिक्रिया