नेविसङ्घद्वारा स्थानीयतहका प्रमुखलाई ज्ञापनपत्र

काठमाडौँ । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले शिक्षा सुधारसहित विभिन्न माग राखेर स्थानीय तहमा ज्ञापनपत्र बुझाएको छ ।
नेवि सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष दुजाङ शेर्पाले शिक्षा सुधारका लागि विभिन्न माग राखेर देशभरका स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझाएको बताए ।
उनले गतचैत २२ गते बसेको केन्द्रीय समितिको बैठकको निर्णयअनुसार यही वैशाख ६ गते सबै स्थानीय तहमा १७ बुँदे ज्ञापनपत्र बुझाइएको जानकारी दिए । “वैशाख ६ गते देशभरका ६ सय १३ स्थानीय तह, वैशाख ९ गते एक सय २७ पालिकामा र बाँकी नौ पालिकामा इमेलमार्फत ज्ञापनपत्र बुझाएका हौँ,” अध्यक्ष शेर्पाले भने ।
नेविसङ्घले स्थानीय तहसँग विद्यालय शिक्षा निःशुल्क गर्नुपर्ने, कूल बजेटको २० प्रतिशत बजेट शिक्षा क्षेत्रमा विनियोजन गर्नुपर्ने, माटो सुहाउँदो स्थानीय पाठ्यक्रम निर्माण गर्नुपर्ने, पोषणयुक्त दिवा खाजा दिनुपर्ने, खेलकुद तथा शैक्षिक सामग्री उपलब्ध गराउनुपर्ने, विद्यालय आफैँले किताब बिक्री गर्ने कार्यको अन्त्य हुनुपर्ने, शिक्षकलाई न्यूनतम पारिश्रमिकभन्दा बढी दिनुपर्नेलगायत माग राखेका छन् ।
अध्यक्ष शेर्पाले सार्वजनिक शिक्षाप्रति आमनागरिक तथा विद्यार्थीको भरोसा आर्जन गर्दै सरकारी र निजी विद्यालय शिक्षामा देखिएको खाडल पुर्नका लागि ज्ञापनपत्रले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
मन्त्रिपरिषद् बैठक सुरु
प्रतिक्रिया